२७ भदौ,काठमाडौं।संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर पार्टी मुख्यालय च्यासलबाट निजी निवास बालुवाटार लगिएको छ । उनको शव निजी निवासमा लगेपछि लिम्बू संस्कार अनुसार गर्नुपर्ने आवश्यक धार्मिक कार्यहरु गरिनेछ ।
मंगलबार हृदयघातका कारण आकस्मिक निधन भएका नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न मंगलबार बिहानबाट पार्टी मुख्यालय च्यासलमा राखिएको थियो । उनको पार्थिव शरीरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए भने पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भावविव्हल हुँदै राष्ट्रिय भण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेकी थिईन् ।
नेम्वाङलाई श्रद्धाञ्जली अर्पण गर्न प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्मी लगायत सबै पार्टीका नेता तथा कार्यकर्ताहरु एमाले मुख्यालय च्यासल पुगेका थिए ।
नेम्वाङको अन्त्येष्टी बिहीबार गरिने भएको छ । नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा लिम्बू र हिन्दू दुबै संकारअनुसार अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय