भदौ २७,हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ मा अवस्थित सन्चो अस्पतालमा कार्यरत दुइ जना डाक्टरमाथि कुटपिट  भएको छ । एक महिना अगाडी अस्पतालमा उपचार गर्न लगिएका बिरामीको उपचारमा  लापार्वाही  गरेको भन्दै सन्चो अस्पतालमा कार्यरत डाक्टर द्वय बिकास थापा र  प्रशान्त बिडारीलाई युवाहरुको समुहले एक्कासी अस्पतालमा आएर कुटपिट गरेको सिसिटिभी फुटेजमा देख्न सकिन्छ।

डेङ्गु र स्वास प्रश्वासको समस्या लिएर उपचारमा आएका एक जना बिरामीको सो अस्पतालमा उपचार गरिएको र पछि उपचारको क्रममा चितवनमा मृत्यु भएपछी त्यस घटनाको एक महिनापछी डाक्टरमाथी हातपात गरिएको हुनसक्ने आंकलन गरिएको छ।हातपात गर्ने  को हुन्  भन्ने  विषयमा प्रहरीसँग सोधपुछ गर्दा सम्पर्क स्थापित हुनसकेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय