भदौ २८,हेटौंडा ।मकवानपुर प्रहरीले हेटौंडाको सन्चो अस्पतालमा चिकित्सकमाथी भएको आक्रमणमा संलग्न रहेको अभियोगमा ४ जनालाई नियन्त्रणमा लिएको छ।प्रहरीले मृतक प्रधानकी श्रीमती रमा प्रधान,छोरा रोहित प्रधान,छोरी रमिला प्रधान र भतिजो अनुप प्रधानलाई बिहीवार दिउँसो नियन्त्रणमा लिएको हो।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार श्रीमती र छोरीलाई हेटौंडा १२स्थित घरबाट र छोरा भतिजोलाई वडा नं १० बाट नियन्त्रणमा लिईएको हो।उनिहरुमाथी आवश्यक अनुसन्धान भैरहेको प्रनाउ भण्डारीले बताए।
सन्चो अस्पतालमा भर्ना भएका डेंगु पिडित हेटौंडा १२ का राजेश प्रधानलाई थप उपचारको लागि चितवनस्थित नयाँ मेडिकल कलेज रेफर गरिएकोमा प्रधानको गत साउन २५ गते मेडिकल कलेजमै उपचारको क्रममा मृत्यु भएको थियो। सोही घटनालाई लिएर सन्चो अस्पतालका चिकित्सक द्वय डा.प्रशान्त बिडारी र डा. विशाल थापाले उपचारमा लापरबाही गरेको भन्दै बुधबार (करिब एक महिना पछि)एक हुल अस्पताल भित्रै प्रवेश गरि आक्रमण गरि घाईते बनाएका थिए।कुटपिटबाट बिडारीको आँखा र अनुहारमा चोट लागेको छ भने थापाको गाला र अनुहार सुन्निएको छ।



