भदौ २९,हेटौँडा। मकवानपुर बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा अनन्तप्रसाद पौडेल दोश्रो कार्यकालका लागि सर्वसम्मत चयन भएका छन् । संविधानसभा सदस्य समेत रहेका पौडेलसहित सम्पूर्ण कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
शुक्रबार सम्पन्न १७ औं क्याम्पस सभाबाट सञ्चालक समितिको सदस्यमा नवराज विष्ट, विष्णुप्रसाद दाहाल, बद्रिप्रसाद लम्साल, माइकल रामचन्द्र अर्याल, डा. कृष्णप्रसाद धिताल, अशोक शाक्य, प्रल्हाद लामिछाने र सर्केश घलान चयन भएका छन् । सभाले लेखा समितिको संयोजकमा नवराज अर्याल, सदस्यमा ध्रुब बहादुर भुजेल, रमिला कुमारी सापकोटा र अप्सरा बस्नेत चयन



