असोज १०,काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थाहरुलाई सेवा सुचारू गर्न निर्देशन दिएको छ।मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकिद्वारा हस्ताक्षरित बिज्ञप्तिमा “नागरिकको स्वास्थोपचार जस्तो संवेदनशील बिषयलाई सुचारु गर्न सबै स्वास्थ्य संस्थाहरुलाई अनुरोध गर्दछु’ भनिएको छ।साथै बिज्ञप्तिमा स्वास्थ्यसेवामा समर्पित स्वास्थ्यकर्मिमाथी उपचारमा खटिएकै बेला हातपात र कुटपिटगरि घाईते बनाउने कार्यप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनाप्रती खेद प्रकट गरेको छ।


स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन,२०६६(पहिलो संशोधन २०७९)को प्रभावकारी कार्यान्वयन गरी चिकित्सक तथा स्वास्थ्यकर्मी माथी आक्रमण गर्ने उपर यसै अनुसार कार्वाही गर्न गराउन सरकार प्रतिबद्ध रहेको पनि बिज्ञप्तिमा उल्लेख छ।




