असोज १६,बैंकक । थाइल्यान्डको राजधानी बैंककमा १४ वर्षीय एक किशोरले गोली चलाउँदा ३ जनाको ज्यान गएको छ । बैंककको केन्द्रमा रहेको व्यस्त सपिङ मलमा ती किशोरले गोली चलाएको प्रहरीले जनाएको छ । घटनामा अन्य चार जना घाइते भएका छन्।
किशोरलाई बन्दुक चलाइरहेका बेला पक्राउ गरिएको स्थानीय मिडियाहरूले उल्लेख गरेको बीबीसीले जनाएको छ। घटनाको कारणबारे केही खुलेको छैन।
गोली चलेपछि किनमेल गर्न मल गएकाहरू भागाभाग भएको भिडियोहरू सामाजिक सञ्जालमा आउन थालेका छन्। घटनापछि आसपासका मेट्रो स्टेशनहरू पनि बन्द गरिएका छन्।





