असोज १६,चैनपुर । बझाङमा भूकम्पपछि आएको पहिरोमा परी एक महिलाको मृत्यु भएको छ। जयपृथ्वी नगरपालिका–११ मयानास्थित ओखलकी अन्दाजी ४० वर्षीया गुनमति धामीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मंगलबार दिउँसो टिमुर टिप्न जंगल गएकी थिइन्। घर नफर्किएपछि उनको खोजीका लागी प्रहरी परिचालन गरिएको थियो ।
टिमुर टिप्न गएका बेला पहिरोसंगै खसेको ढुंगाले टाउकोमा चोट लाग्दा उनको मृत्यु भएको पाईएको हो ।
त्यस्तै भूकम्पबाट घाइते हुनेको संख्या १५ पुगेको छ। ७ वर्षीय सलिना जोशीको खुट्टा र ११ वर्षीया प्रमिला जोशीको हात भाँचिएकाले थप उपचारको लागि जिल्ला बाहिर रेफर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय