असोज १७,काठमाडौ।बाँकेका योगराज ढकाल(रिगल) लाई आममाफी दिने सरकारको निर्णयविरूद्ध आमरण अनशन बसेकी भारती मानन्धरलाई अस्पतालमा लगिएको छ। बुधबार दिउँसो सर्वोच्च अदालतमा पुगेकी भारती बेहोस भएपछि उपचारार्थ वीर अस्पताल लगिएको हो।
आफ्ना श्रीमान चेतन मानन्धरको हत्या गर्ने रिगललाई जेल चलान गर्नुपर्ने माग गर्दै उनले बुधबार माइतीघर मण्डलामा अनशन सुरू गरेकी थिईन्।
भारतीका श्रीमान चेतनको हत्या अभियोगमा रिगललाई सर्वस्वसहित जन्मकैद सजाय दिइएको थियो।तर संविधान दिवसको दिन सरकारको सिफारिसमा राष्ट्रपतिले रिगललाई आममाफी दिएका थिए।
रिगललाई आममाफी दिइएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमाले ,रास्वपा लगायतका दलले सरकारको बिरोध गरेका छन्।



