असोज १९,गुलरिया। बर्दिया राष्ट्रिय निकुञ्जमा एउटा गैंडा मृत भेटिएको छ। गेरुवा गाउँपालिका–६ स्थित नौलोवास मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पोथी गैंडा मृत भेटिएको हो।
बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बद्री विनोद दाहालका अनुसार मृत पोथी गैंडा १९÷२० वर्षको हुनसक्ने र प्राकृतिक कारणले मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ। निकुञ्जले मृत गैंडाको पोस्टमार्टमपछि व्यवस्थापन गरेको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका सूचना अधिकारी उमेश पौडेलका अनुसार मृत गैंडाको जिब्रोमा सामान्य घाउ र दाँत फुक्लिएको अवस्थामा भेटिएको थियो । गैंडाको डीएनए टेष्टका लागि पठाइएकाले बाँकी कुराहरू रिपोर्ट आएपछि पुष्टि हुने पौडेलले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय