असोज १९, काठमाडौं । जिल्ला अदालत काठमाडौंले ६१ किलो सुन तस्करीको आरोपमा पक्राउ परेकाहरुमध्ये १ जना बाहेक सबैलाई थुनामा पठाउन आदेश दिएको छ । सुन तस्करीमा संलग्न रहेको अरोपमा प्रहरीले २९ जनामाथि मुद्दा चलाएको थियो । जसमध्ये ३ जना फरार छन्।जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले ७ जना चिनियाँ नागरिकसहित २५ जनालाई थुनामा पठाउन आदेश दिएको हो।
पक्राउ परेका मध्ये त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा भन्सार एजेन्टका रुपमा कार्यरत रुकमिना सुब्बालाई भने ५ लाख धरौटी लिएर छाड्न आदेश दिईएको जिल्ला अदालत काठमाडौंका प्रवक्ता दिपक दाहालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय