ऋसोज २०,हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१ कुन्छालमा कन्टेनर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । आज शनिबार बिहान वीरगंजबाट काठमाडौं जाँदै गरेको ना.६ख ३९८७ नम्बरको कन्टेनर कुन्छालको मोडमा दुर्घटना हुँदा चालक नुवाकोट बेलकोट–५ बस्ने ४२ वर्षीय दीप श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।



