असोज २०, बझाङ । बझाङमा असोज १६ गते मगंलबार गएको भूकम्पपछि पराकम्प जाने क्रम जारी छ । आज बिहान ११ बजेर ४५ मिनेट जाँदा सोही ठाउँलाई केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
१६ गते दिउँसो २ः४० मा ५.३ र ३ बजेर ६ मिनेट जाँदा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । जिल्लाका व्यक्तिगत घर र सार्वजनिक भवनहरूमा क्षति पुगेको छ ।
१६ गतेको भूकम्पपछि लगातार पराकम्प गइरहेका छन् । यो सबैभन्दा ठूलो पराकम्प भएको बताईएको छ ।



