असोज२०, बिराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुखले सरकार गठनका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यहरुलाई ६ दिनको समय दिएका छन्। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज शनिबार राजीनामा दिएपछि कोशी प्रदेश सरकारविहीन भएको छ । कार्कीको राजीनामाको केही घन्टापछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (५) बमोजिम प्रदेशसभाको विश्वासको मत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गरी सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् ।
यस्तो दाबी २६ असोज (शुक्रबार) अपराह्न ५ बजेभित्र पेश गरिसक्नुपर्ने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय