असोज २१,हेटौँडा। सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेश हेटौँडाले प्रदेशका ३६० जना पत्रकारको सामूहिक दुर्घटना बिमा गरिदिएको छ । बिमा ऐन २०४९ को दफा ८ को उपदफा (घ२)र बिमा समितिले बनाएको दुर्घटना बिमा निर्देशिका २०७८ बमोजिम सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेशबाट परिचयपत्र प्राप्त गरी नवीकरण गर्नुभएका ३६० जना पत्रकारको सामूहिक दुर्घटना बिमा गरिएको हो ।
प्रतिव्यक्ति सात लाख रुपियाँसम्मको सामूहिक दुर्घटना बिमा नेपाल सरकारको स्वामित्व प्राप्त राष्ट्रिय बिमा कम्पनी लिमिटेडसँग गरिएको सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले जानकारी दिए ।
पहिलो चरणको यो बिमा कार्यक्रम बिमा लागूभएको मितिले ३६५ दिन कायम रहने उनले बताए । सञ्चार रजिष्ट्रारको कार्यालयबाट परिचयपत्र प्राप्त गरेका तर नवीकरण गर्न बाँकी रहेका पत्रकारहरूले आफ्नो परिचयपत्र नवीकरण गरी दोस्रो चरणको बिमा कार्यक्रममा सहभागी हुन सक्ने सञ्चार रजिष्ट्रार सापकोटाले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय