असोज २१, हुम्ला । हुम्लामा तुइन तर्ने क्रममा कर्णाली नदीमा खसेर एक जना बेपत्ता भएका छन् । हुम्लाको सर्केगाड गाउँपालिका–२ रिपस्थित ल्याप्चे घाटबाट मुगुको सोरु गाउँपालिका–५ नेर गाउँका ३८ वर्षीय मकरसिंह नेपाली तुइन चँुडिएर बेपत्ता भएका हुन् ।
उनी कर्णाली करिडोरको ग्युसी–छारे खण्डमा मजदुरको रुपमा काम गर्दै आएका थिए । शनिबार काम सकेर बासस्थानतिर जाँदै गर्दा तुइनबाट खसेर उनी बेपत्ता भएको सूचना आएकाले खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय