असोज २५ निजगढ ।बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका पूर्व मेयर डा. कृष्ण पौडेलको निधन भएको छ। डा. पौडेललाई बिहिबार जीतपुरसिमरा उपमनपा २, सिमरास्थित आफ्नै निवासमा मृत भेटिएको हो।उनको के,कसरी निधन भएको भन्ने बारे स्पष्ट जानकारी प्राप्त भएको छैन।त्यहाँस्थित सञ्चारकर्मी सुनिल गाउँलेले भर्खरै डा.पौडेलको निधनको खबर आएको बताए।’म पनि वहाँको घर जाँदैछु,त्यहाँ पुगेपछी मात्र घटनाको बारे थाहा हुन्छ’ गाउँलेले भने।पौडेलले केही समयदेखी डिप्रेशनको औषधि सेवन गर्दै आएका बुझिएको छ।

डा.पौडेलको सिमरास्थित निवासमा सर्वसाधारणको भिड।तस्विर:सुनिल गाउँलेको फेसबुक।

डा. पौडेल २०७४ को स्थानिय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट जीतपुरसिमरा उपमहानगरपालिकामा मेयर पदमा निर्वाचित भएका थिए।पौडेल नेकपा एमाले मधेश प्रदेश सचीव समेत हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय