असोज २६,काठमाडौँ। इजरायलबाट २५४ जना नेपाली स्वदेश फर्किएका छन् । नेपाल वायु सेवा निगमको विमानबाट उनीहरू बिहीबार राति फर्किएका हुन् ।
विद्यार्थी लिन र इजरायलमा रहेका घाइते नेपाली र अन्यलाई भेट्न पुगेका परराष्ट्रमन्त्री एनपी साउदलगायत सरकारी अधिकारी सवार विमान स्थानीय समयअनुसार २ बजेर ३२ मिनेट (नेपाली समय ५ बजेर १७ मिनेट) मा नेपालका लागि उडेको थियो । उद्धारका लागि बिहीबार बिहान ३ बजे नेपाल एयरलाइन्सको विमान तेलअबिबस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकोे थियो ।
हमास समूहको आक्रमणमा परेर १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने एक जना विद्यार्थी अझै सम्पर्कविहीन छन् ।



