असोज २६,चितवन। जनावरलाई छेक्न जडान गरिएको सौर्य उर्जाको करेन्ट लागेर माडीमा एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ साढे ६ बजे करेन्ट लागि माडी नगरपालिका ९ कृष्णनगरका २८ वर्षीय विकल्प सुवेदिको मृत्यु भएको हो । आफ्नै घर नजिकै रहेको बारीमा घाँस काटने क्रममा जनावरलाई छेक्नको लागि लगाएको सोलारबाट जडान गरिएको एल्मोनियम तारबाट करेन्ट लागेको चितवन प्रहरी प्रवक्ता डिएसपी विजय पण्डितले बताए ।
करेन्ट लागेपछि अचेत भएपछी उपचारको लागि बघौडा अस्पताल लगिएकोमा सोही अस्पतालमा नै उनको मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय