कार्तिक १ निजगढ ।सशस्त्र प्रहरीले बारामा अवैधरुपमा भित्रीएको ३ सय ओटा चल्ला बरामद गरि नष्ट गरेको छ।सशस्त्र प्रहरीले बुधबार भारतबाट कार्टुनमा हाली अवैधरुपमा नेपाल भित्राउन लागेको करिब १९ हजार ५ शय रुपैयाँ मूल्य बराबरको कुखुराको चल्ला बरामद गरेको थियो। बरामद चल्ला पशु क्वारेन्टाइन कार्यालय मटिअर्वा बाराको रोहबरमा खाल्डो खनी पुरेर नष्ट गरेको सशस्त्र प्रहरी बल मटिअर्वाले जनाएको छ।



