कार्तिक ३,हेटौंडा ।मकवानपुरको बकैया गाउँपालिका वडा नं ५ स्थित तीनतलेमा भएको बस दूर्घटनामा ३ दर्जन यात्रु घाईते भएका छन्। हेटौंडा बाट जुईनातर्फ जाँदै गरेको ना ४ ख ३९८८ नम्बरको यात्रुवाहक बस धरान-चतरा सडकखण्डको तीनतलेमा शुक्रबार अपरान्ह ४ बजे दूर्घटना भएको थियो। बस अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको मकवानपुर प्रहरीले जनाएको छ।
घाईते सबैको हेटौंडा अस्पतालमा उपचार भैरहेको र गम्भीर घाईते मध्य केहिलाई रिफर गर्ने तयारी भैरहेको प्रहरीले जनाएको छ।दूर्घटना पछि चालक फरार रहेका छन्।उनको खोजिकार्य भैरहेको प्रहरीले जनाएको छ।



