कार्तिक४,हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिकामा नेकपा एकिकृत समाजवादीको एउटा वडा कमिटी नै नेकपा एमालेमा प्रवेश गरेको छ । शुक्रबार एमाले मनहरी गाउँपालिका कमिटीले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा नेकपा एसको वडा नंं ९ कमिटीका सबै पदाधिकारी र सदस्यहरु एमालेमा प्रवेश गरेका हुन् ।
एमाले प्रवेश गर्नेहरुमा नेकपा एसका जिल्ला सदस्य तथा पूर्ववडा अध्यक्ष साधुराम अधिकारी, जिल्ला सदस्य मानबहादुर स्याङतान, चन्द्र सुवेदी, युवा संघका कृष्ण चन्द्र पुरीसहित डेढ दर्जन भन्दा बढी रहेको एमाले मनहरीका अध्यक्ष नवीन सुवेदीले जानकारी दिए ।
कार्यक्रममा एमाले नेता तथा बागमती प्रदेशका संस्थापक मुख्यमन्त्री डोरमणि पौडेल, एमाले बागमती प्रदेश कमिटीका सदस्यहरु रघुनाथ खुलाल, एकराज उप्रेती, बद्री लम्साल, एमाले नेता अनन्त पौडेल, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय