कार्तिक ७, निजगढ । पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष हिराकाजी महर्जन रातभर प्रहरी थुनमा बसेर छुटेका छन् । मदिरा सेवन गरेर उच्छृङ्खल गतिविधि गरेपछि उनलाई प्रहरीले आइतबार साँझ नियन्त्रणमा लिएर सोमबार बिहान छाडेको हो । महर्जनलाई रातभरि थुनामा राखिएको पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले बताए।उनका अनुसार महर्जनलाई सोमबार बिहान १० बजे आफन्तको जिम्मा लगाएर घर पठाइएको हो।
शाहका अनुसार वडाध्यक्ष महर्जनले आइतबार राति रक्सी सेवन गरेर होहल्ला गरेको गरेको भन्दै स्थानीयहरूले प्रहरीलाई जानकारी गराएका थिए । घटनास्थलमा पुगेको प्रहरीसँग समेत महर्जनले अभद्र व्यवहार गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर रातभरी थुनामा राखेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय