कार्तिक ८, हेटौँडा । भारतबाट नेपाल घुम्न आएका १३ तीर्थयात्री मकवानपुरमा दुर्घटनामा परी घाइते भएका छन् । इन्द्रसरोबार गाउँपालिका(५ मकैबारीस्थित कुलेखानी(मातातीर्थ काठमाडौं जाने भित्री सडकखण्डमा आज बिहान वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको मधेश प्र०३००१ ज०२८३ नम्बरको सुमो अनियन्त्रित भई दुर्घटना भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।
सुमो सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेको र सुमो चालक बाराको कलैया नगरपालिका २१ बस्ने वर्ष २५ को अनिलकुमार शाह प्रहरीको नियन्त्रणमा रहेको उनले जानकारी दिएका छन्।





