कार्तिक ८, हेटौँडा। मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाण्डौ  महानगरपालिका वडा नम्बर २७, महाबौद्ध बस्ने ६२ वर्षकी राज्यश्री थापा रहेकी छन् । बुधवार काठमाण्डौँबाट हेटौँडा आउँदै गरेको बागमती प्रदेश ०२–०२७ प ४८४२ नम्बरको स्कुटर हेटौँडा–काठमाण्डौँ सडकखण्ड अन्तरगतको जुरीखेतमा सडकबाट करिब १ सय मिटर तल खस्दा स्कुटरमा सवार श्रीमान, श्रीमती घाईते भएका थिए । घाईते दम्पतीको हेटौँडा अस्पतालमा उपचार भैरहेकोमा श्रीमती थापाको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
थापाकी श्रीमान मोटरसाईकल चालक ६५ वर्षका शशिराज पाण्डेको उपचार जारी रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय