कार्तिक ८, निजगढ ।कराँते महासंघका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव युवराज लामाले दशैँको टीका बहिष्कार गर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै लामाले यसपाली देखि विजया दशमीको दिनमा टीका लगाउने र लगाईदिने काम नगर्ने बताएका हुन्। दशैंको टिकाको विषयलाई लिएर अति हिन्दुवादीले धर्मको नाममा राजनीति गरेको देखिएको भन्दै उनले दशैँमा टीका लगाउने काम बन्द गर्ने निर्णय गरेको भनेका छन्।हिन्दुवादीहरुले धर्मको नाममा कस्तो राजनीति गरेका हुन् भन्ने बारे केही उल्लेख गरेका छैनन्।
उनले टीका वहिष्कार गरेपनी दशैँमा दश दिनसम्म गरिने देविको उपासना र पारिवारिक सद्भावलाई भने सम्मान गर्ने भनेका छन्।

लामा नेपाली चलचित्रका सफल निर्देशक तथा कलाकार पनि हुन्।उनले थुप्रै नेपाली चलचित्रमा अभिनय तथा निर्देशन गरेका छन्।





