कात्तिक ९, रूकुम पश्चिम । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन सरकार पाँचै वर्ष चल्ने बताएका छन् ।बिहीबार दिउँसो रूकुम पश्चिमको बाफिकोटमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यो माओवादीको एकल होईन संयुक्त सरकार हो। तर, गठबन्धन भत्काउन टुटाउन, तोड्न अनेकौं प्रयत्न भएपनी कसैले नसकेको ठोकुवा गरे । ‘म तपाईंलाई जोड दिएर भन्छु– यो गठबन्धन पाँचै वर्ष जान्छ । गठबन्धनको एकता र सहकार्यलाई कसैले तोड्नै सक्दैन। कसैले भ्रम नपाल्दा हुन्छ।’
उनले क्रान्तिकालमा नेतृत्वलाई अप्ठ्यारो पर्दा रूकुम, रोल्पा, सल्यान, जाजरकोट जाने गरेको बताउँदै शान्ति प्रक्रियापछि पनि साथ आवश्यक रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय