कात्तिक १०, हेटौंडा । हेटौँडाबाट साँढे ४ लाख भन्दा बढी नगदसहीत पक्राउ परेका ९ जना जुवाडे हाजिरी जमानीमा रीहा भएका छन् । उनीहरुमाथी थप अनुसन्धान भने भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।विहिवार मकवानपुर प्रहरीले हेटौँडा–७ मा पर्ने देवि वनटोलस्थित गोकुलनाथ पौडेलको घरमा ठूलो रकममा हार जित हुनेगरी तास खेलिरहेको अवस्थामा नगद सहित ९ जनालाई पक्राउ गरेको थियो।
प्रहरीले उनिहरुको साथबाट नगद ४ लाख ६५ हजार ३ सय ९० रुपैँया बरामद गरेको थियो ।





