कात्तिक १०, हेटौंडा। मुगुको छायाँनाथ रारा नगरपालिका–६मा एकैपरिवारका ४ जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी वीरेन्द्र थापाका अनुसार स्थानीय श्रीदेवी बोहोरासहित उनका दुई छोरा र एक छोरीको हत्या गरिएको अवस्थामा शव भेटिएको छ । घटना कम्तिमा दुई दिनअघिको हुनसक्ने अनुमान गरिएको छ ।
प्रारम्भिक अनुसन्धानमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मृत्यु हुने अन्यमा श्रीदेवीकी ११ वर्षीया छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र ८ महिनाका छोरा रहर छन् ।
श्रीदेवीकी श्रीमान् रोजगारीको सिलसिलामा नेपालबाहिर रहेको पाइएको डीएसपी थापाले बताए ।





