कार्तिक १३, निजगढ । बाराको कलैयास्थित मस्जिद चोकमा एकजनामाथी गोली प्रहार भएको छ । गोली प्रहारबाट कलैयाका रुपेश स्वर्णकार घाईते भएका बारा प्रहरी प्रवक्ता डिएसपी दधीराम न्यौपानेले जानकारी दिए। मोटरसाइकलमा आएका अपरीचित व्यक्तिले स्वर्णकारलाई गोली हानेको डिएसपी न्यौपानेले समाचार क्लबलाई बताए ।
घाइते स्वर्णकारलाई अस्पताल लगिएको छ । गोली चलाउने व्यक्तिको खोजी सुरु भएको प्रहरीले जनाएको छ ।घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय