कर्तिक १३,निजगढ ।बाराको कलैयामा एक बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारलाई गोली प्रहार गरि हत्या गर्ने संदिग्ध एकजना पक्राउ परेका छन्।प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले घटनामा संलग्न एकजना पक्राउ परेको बताए।पक्राउ परेका माथी आवश्यक अनुसन्धान जारी रहेकाले बाँकी विवरण पत्रकार सम्मेलन गरेर जानकारी दिने प्रजिअ सापकोटाले बताए।
प्रधानाध्यापक स्वर्णकारलाई सोमबार दिउँसो कलैया उपमहानगरपालिका–६स्थित मस्जिद चोकमा २ ओटा मोटरसाइकलमा आएका ४ जनाको समूहले गोली प्रहार गरि हत्या गरेका थिए।
स्वर्णकार हत्याको सर्वत्र विरोध
स्वर्णकार हत्याको सर्वत्र विरोध भएको छ।राष्ट्रिय स्वतन्त्र पार्टी बाराले एक बिज्ञप्ति जारी गरी घटनाको निन्दा गरेको छ । रास्वपा बाराले चाडपर्वको समयमा जिल्लाको सदरमुकाम जस्तो ठाँउमा दिन डाहाडै शिक्षकको हत्या हुनुले जिल्लाको शान्तिसुरक्षामाथी नै गम्भिर प्रश्नचिन्ह खडा भएको जनाएको छ ।‘जिल्लामा लगाताररुपमा भैरहेको हत्या हिंसा र आपराधिक कार्यले जिल्लावासीले त्रास र डरमा दैनिकी चलाउनुपर्ने अवस्था श्रृजना हुनु दुखद हो।’रास्वपाको बिज्ञप्तिमा उल्लेख छ।
त्यस्तै संविधानसभा सदस्य एवं नेकपा एमालेका पोलिट्ब्युरो सदस्य पुरुषोत्तम पौडेलले जिल्ला सदरमुकाम जस्तो चहलपहल हुने ठाँउमा नागरीकको हत्या हुनु सुरक्षा समस्याको डरलाग्दो उदाहरण हो भनेका छन्।उनले एउटा बौद्दिक ब्यक्तिको दिनडाहडै हत्या गर्ने हत्यारालाई तत्काल पक्राउ गरी कडा कारवाही गर्न माग गरेका छन्।
त्यसैगरी स्वर्णकार हत्याको बिरोधमा कलैयाका नागरीकहरुले साँझ भरतचोकमा टायर बाली बिरोध प्रदर्शन गरेका छन्।उनिहरुले हत्यारालाई पक्राउ गरि सार्वजनिक गर,प्रहरी प्रशासन मुर्दावाद,प्रहरी प्रमुख राजिनामा दे, जस्ता नारा लगाई प्रदर्शन गरेका हुन्।
भोेली जिल्लाका सम्पूर्ण विद्यालय तथा उद्योगधन्दा बन्द हुने
स्वर्णकार हत्याको बिरोधमा नेश्नल प्याब्सन बाराले पनी एक बिज्ञप्ति जारी गरी भोली मंगलबार बिरोधस्वरुप जिल्लाका सम्पूर्ण बिद्यालय तथा उद्योग ब्यापार बन्द गर्न अपील गरेको छ ।उसले हत्यारालाई पक्राउ गरी अविलम्ब कारवाहीको प्रक्रिया अघि नबढे २४ घण्टाभित्रै चरणबद्द आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी पनी दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय