कात्तिक १४, गुल्मी । गुल्मीमा जंगली च्याउ खाएर तीन जना बिरामी परेका छन् । जिल्लाको इस्मा गाउँपालिका–६ बुल्मका ३९ वर्षीया सरिता कुमाल, ११ वर्षका विमल कुमाल र ८ वर्षीया सुस्मा कुमाल बिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
जंगली विषालु च्याउ खाएर बिरामी परेका तीन जनालाई थप उपचारको लागि पाल्पास्थित मिसन अस्पतालमा उपचारको लागि लगिएको छ । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय