कार्तिक १४,जनकपुर।एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका वडा नम्बर १० स्थित अमरखाना टोल बस्ने ३२ वर्षिय विष्णुदेव ठाकुर बरही छन्। तन्त्रमन्त्र झारफुक गर्ने नाममा ललाई फकाई झुक्यानमा पारी एक महिलालाई समसानघाटमा लगेर जबरजस्ती करणी गरेको आरोपमा ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो ।
आरोपित विष्णुदेव धनुषाको औरही गाउपालिका वडा नम्बर १ स्थित जमुनि खोला छेउमा रहेको समसानघाटमा जबरजस्ती करणी गरी फरार थिए । लुकिछिपि रहेको अवस्थामा विष्णुदेवलाई शनिवार नै पक्राउ गरी जबरजस्ती करणीको मुद्दामा म्याद थप गरी अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय