मंसिर ३,निजगढ ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मंसिर ८ गते शुक्रवार बाराको निजगढ आउने भएका छन्।लामिछाने रास्वपा निजगढले आयोजना गर्न लागेको आमसभालाई सम्बोधन गर्न निजगढ आउन लागेका रास्वपा निजगढ नगर सभापति रामहरी खरेलले जानकारी दिएका छन्। कार्यक्रम ८ गते अपरान्ह ३ बजेलाई तय गरिएपनी कुन स्थानमा गर्ने निर्क्यौल भैसकेको छैन। खरेलका अनुसार कार्यक्रम शहिद हिरालाल रंगशाला प्राङ्गणमा हुनेछ।’भोली बैठक बसेर कार्यक्रमस्थलको निधो गर्छौँ ‘उनले भने।
८ गते शुकवार नै रबि लामिछाने लगायतका रास्वपा नेताहरुले बाराको ऐतिहासिक नगरी सिम्रौनगढमा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।रास्वपा बारा जिल्ला संयोजक चन्दन स्वर्णकारका अनुसार लामिछाने दिउँसो १ बजे सिम्रौनगढको सभालाई समापन गरेर ३ बजे निजगढमा हुने कार्यक्रममा आईपुग्नेछन्।
कार्यक्रममा सभापति लामिछानेसँगै रास्वपा नेताहरु मनिष झा तथा अनिल केशरी शाहलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको स्वर्णकारले बताए।



