मंसिर ३,हेटौडा। कान्तिलोकपथ सडकखण्ड अन्तरगत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ शान्तिटोलमा आईतबार दिउँसो ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
दिउँसो पौने २ बजेको समयमा शिबम सिमेन्ट फ्याक्ट्रीबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ७ ख १८१६ नं.को सिमेन्ट लोड गरेको ट्रकले ठक्कर दिँदा स्थानीय ३८ वर्षीया निरा बजगाईँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर प्रहरीका अनुसार, बाटो क्रस गर्ने क्रममा ठक्कर दिँदा बजगाईँको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



