मंसिर ३,बर्दिया । बर्दियामा बाघको आक्रमण बाट २५ वर्षिया ममता सुनारको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार, घाँस दाउराका लागि वन गएकी सुनारलाई आइतबार दिउँसो राजापुर नगरपालिका –१० सुकुम्बासी टोलस्थित नेपाल भारत सीमा नजिक वनमा आक्रमण गरेको थियो ।
बाघको आक्रमणबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो । उनीसँगै घाँस, दाउरा गर्न गएका अन्य २ महिला बाघको आक्रमणबाट तर्सिंदा बेहोस भएका छन् । उनीहरुको राजापुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय