म्ंसिर ३,हेटौंडा । नेकपा एमालेले भूकम्प पीडितहरूको पुनः स्थापना र पुनर्निर्माणमा सहयोग गर्न भूकम्प प्रभावित क्षेत्रमा स्वयंसेवक टोली खटाएको छ । गत कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएपछि जाजरकोट र रुकुम पश्चिमका अधिकांश घर भत्किएपछि त्रिपालमा बसोबास गर्दै आएका भूकम्प पिडितको पुनः स्थापना र पुननिर्माणमा सहयोग गर्न आज (आइतबार) एमालेको ११ सय जना स्वयमसेवक त्यसतर्फ प्रस्थान गरेको हो ।
प्रत्येक टोलीमा २५ जना रहने गरी ४० अलग–अलग टोली निर्माण गरिने एमालेले जनाएको छ । ४० टोलीले भूकम्प प्रभावित क्षेत्रका अलग अलग स्थान छनोट गरी पीडितहरूको पुनः स्थापना र घर टहरा पुनर्निर्माण सहयोग गर्नेछ । टोलीले दुई साता काम गर्नेछ । पुनः स्थापना र पुनर्निर्माण नसकिए आवश्यकता अनुसार समय बढाएर सहयोग गर्ने एमालेले जनाएको छ ।
पार्टी केन्द्रीय सदस्य किरण पौडेल संयोजक रहेको टोलीलाई हिजै एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्माण सामग्री हस्तान्तरण गरेर बिदाइ गरेका थिए । भूकम्पले १२ जिल्लामा २६ हजार ५२८ निजी घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ३५ हजार ३९५ घरमा आंशिक क्षति भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय