मंसिर ४,निजगढ ।बाराको निजगढ नगरपालिका वडा नं ३ स्थित सिँगौलमा आगामी साता संचालन हुने टासी धार्गेलिङ्ग बौद्ध गुम्बा मेलामा जुवा तास खेल्न पूर्णरूपमा प्रतिबन्ध लाग्ने भएको छ। प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले मेला ,पर्वका नाममा हुने जुवाजन्य गतिविधि कहिँ कतै छुट नहुने जनाए। सापकोटाले मेलामा जुवाजन्य खेल गतिविधि भएको पाईए कानुनबमोजिम कार्वाही गर्ने बताएका छन्।
मेलामा अघिल्ला वर्षहरुमा भने जुवा,तास,लंगुरबुर्जा जस्ता जुवाजन्य खेल गतिविधिहरु खुलेआम संचालन हुँदै आएको थियो।
यहाँस्थित टासी धार्गेलिङ्ग गुम्बा परिसरमा हरेक वर्ष कार्तिक शुक्ल पक्षमा बौद्ध धर्मावलम्बीहरुले आफ्ना दिंवगत पितृको सम्झनामा बत्ती बाल्दै आएका छन्।सोही अवसरमा यहाँ बिगत ४० वर्षदेखी विविध मनोरञ्जनात्मक कार्यक्रमसहित मेला पनि लाग्दै आएको छ। यसपाली यहि मंसिर ७ गते देखि १२ गते बिहानसम्म चालिसौँ संस्करणको मेला लाग्ने भएको हो। मेलामा राष्ट्रिय कलाकारहरूका साथमा साँस्कृतिक कार्यक्रम पनि आयोजना गरिने मेला व्यवस्थापन समितिले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय