मंसिर १४,हेटौंडा । पूर्वमिस नेपाल श्रृंखला खतिवडा र सञ्चार उद्यमी सम्भव सिरोहियाबीच मंसिर २८ गते विवाह हुने भएको छ । हेटौंडाकी श्रृंखलाको पारिवारिक स्रोतका अनुसार राजधानीको एक होटलमा विवाह गर्न लागिएको हो ।
केही वर्षदेखि प्रेम सम्बन्धमा रहेकी खतिवडा र सिरोहियाले गत असोज २८ गते सार्वजनिक रुपमा आफुहरु प्रेममा रहेको स्वीकारेका थिए । श्रृंखलाले आफूहरु होपलेस–रोमान्टिक प्रवृत्तिको व्यक्तिहरु भएको भन्दै प्रेम खुलाएकी थिइन् । दुवै अन्तर्मुखी व्यक्तिलाई आफ्नो प्रेम सार्वजनिक गर्न ठूलै साहस उठाउनुपरेको भन्दै उनले भन्नैपर्ने समय आएकाले सम्बन्ध खुलाउनुपरेको बताएकी थिइन् ।
नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाकी छोरी श्रृंखला पेशाले इन्जिनियर हुन् । श्रृंखला अमेरीकास्थित हार्वर्ड विश्वविद्यालयमा सहरी व्यवस्थापन पढेर केही महिना अघिमात्र नेपाल फर्किएकी हुन्।



