मंसिर १४,हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–२ धवाडीपुलमा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक श्रीमान ३५ बर्षीय भीमबहादुर स्याङतान, मोटरसाइकलको पछाडी सवार श्रीमती ३४ बर्षीया रुपा स्याङतान र उनिहरुकी ५ महिने छोरी छन्। उनिहरु मध्ये रुपा र नाबालिका छोरीको घटनास्थलमै मृत्यु भएको मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जनाएका छन्।
घटनामा गम्भीर घाइते भएका भीमबहादुरको उद्धार गरी हेटौंडा अस्पताल ल्याईएकोमा थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन लाँदै गर्दा बाटोमै मृत्यु भएको उपरिक्षक भण्डारीले बताए ।घटनासम्बन्धमा अनुसन्धानमा भैरहेको मकवानपुर प्रहरीले जनाएको छ ।



