म्ंसिर १४,काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमले पेट्रोलको प्रतिलिटर २ तथा डिजेल÷ मट्टितेलको प्रतिलिटर ४ रुपैयाँ मूल्य घटाएको हो । निगमका अनुसार इन्डियन आयल कर्पोरेशनले बिहीबार पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको मूल्य घटेको हो । तर खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २१ रुपैयाँ १४ पैसा बढेर आएको भएपनि आमउपभोक्ताको हितलाई ध्यानमा राखेर यथावत राखिएको निगमले जनाएको छ । मूल्य घटेसँगै काठमाडौँको हकमा पेट्रोलको मूल्य १७० रुपैयाँ कायम भएको छ भने डिजेल तथा मट्टितेल १६० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय