मंसिर १५,पोखरा । पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । पोखरा रङ्गशाला स्थित क्रिकेट मैदानमा हुने खेलको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र मधेस प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ ।
आर्मीले पहिलो सेमिफाइनलमा बागमतीलाई पराजित गरेको थियो भने मधेसले एपीएफलाई हराएको थियो । मदन भण्डारी स्पोटर्स एकेडेमीले आयोजना गरेको प्रतियोगिताका विजेता र उपविजेताले क्रमशः ५ लाख र २ लाख ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी, म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय