मंसिर १७,निजगढ ।मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं १६ स्थित पानीसरामा ट्र्याकटर दूर्घटना हुँदा दुईजनाको ज्यान गएको छ।दूर्घटनामा ट्र्याकटर चालक बाराको निजगढ नगरपालिका वडा नं १३ का अन्दाजी वर्ष २६ का दिलम थिङ र ट्र्याक्टरमा सवार मकवानपुरको हेटौंडा उपमहानगरपालिका १६ बस्ने वर्ष ५६ का जितबहादुर थिङको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।दिलम र जितबहादुर सहोदर ठूलोबुवा / भतिजा हुन्।

आईतवार अपरान्ह ३ बजेतिर निजगढ नगरपालिका वडा नं १३ डम्बरपुरबाट कच्ची सडक हुँदै मकवानपुरतर्फ गैरहेको मधेश प्रदेश ०३-००१त ६९८७ नम्बरको ट्र्याक्टर हेटौंडा १६ को पानीसरामा दूर्घटनामा परेको प्रहरीले जनाएको छ।घटनासम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय