मंसिर२७,काठमाडौं । काठमाडौं महानगरपालिकाले आज बुधबारदेखि प्लास्टिकमा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा पूर्ण निषेध गरेको छ । काठमाडौं महानगरपालिका, स्वास्थ्य विभागले १५ दिनअघि नै सूचना जारी गरेर महानगरपालिकाभित्र प्लास्टिकमा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पान–पराग वा यस्तै प्रकृतिका सुर्तीजन्य पदार्थको बिक्री वितरण पूर्ण रुपमा निषेध गरिने जानकारी गराएको थियो ।
महानगरले सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको सेवनमा समेत पूर्णरुपले रोक लगाएको छ ।





