मंसिर २८,काठमाडौं । नेपालबाट आज बिहीबार राति मिथुन उल्का वर्षा देखिने भएको छ । आज ८ बजेदेखि भोली बिहान ५ः ३० सम्म उल्का वर्षा देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले जनाएको छ ।
यो वर्ष मंसिर १८ देखि सुरु भएको मिथुन उल्का वर्षा पुष १ गतेसम्म सक्रिय रहने बताइएको छ । उल्का वर्षाको अत्यधिक सक्रियता भने आज राति हुनेछ ।
यो उल्का वर्षा क्षुद्र ग्रह ३२०० फेथनले अन्तरिक्षमा छोडेका स–साना धुलोका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हुँदा वायुमण्डलको करिब ७० किलोमिटर माथि जलेर देखिनेछ । उल्का वर्षाको समयमा उल्काहरु मिथुन राशिबाट निस्किए जस्तो देखिने हुनाले मिथुन उल्का वर्षालाई ‘जमिनिड मिटियर सावर’ नाम दिइएको छ ।
उल्कावर्षा सामान्यतः मध्यरात पछि हेर्दा उत्तम हुने खगोलविद्हरुले जनाएका छन् । मौसमले साथ दिएमा उल्का वर्षा हेर्नेहरुका लागि यो सन् २०२३ कै उत्कृष्ट समय हुनेछ । उल्का वर्षा हेर्नलाई कुनै दुरबिन वा टेलिस्कोपको आवश्यकता पर्दैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय