मंसिर २९,निजगढ ।बाराको निजगढमा मोटरसाइकल दूर्घटना हुँदा एक युवाको मृत्युु भएको छ। एकजना गम्भीर घाईते भएका छन्।मृत्युु हुनेमा निजगढ नगरपालिका वडा नं १० लाल बस्ने २० वर्षीय देछिन घिसिङ रहेका निजगढ प्रहरीले जनाएको छ।
बिहिवार दिउँसो पौने २ बजे सिँगौलबाट निजगढ तर्फ आउँदै गरेको प्र३-०३-००१प १०९१ र लालबाट चन्द्रनिगाहपुर तर्फ जाँदै गरेको ना ४९ प १३८८ नम्बरको मोटरसाइकल निजगढ ९ स्थित लच्कामा एकआपसमा ठक्कर खाई दूर्घटना भएको हो।


दूर्घटनामा गम्भीर घाईते घिसिङको निजगढस्थित सामुदायिक प्रसुती गृहमा उपचारको क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ।
दूर्घटनामा गम्भीर घाईते बनेका अर्का मोटरसाइकल चालक निजगढ ३ सिँगौलका ३२ वर्षिय सुनिल लामालाई सामुदायिक प्रसुती गृहमा प्राथमिक उपचारपछी थप उपचारका लागि वीरगंज रिफर गरिएको प्रहरीले जनाएको छ।लामाको टाउकोमा चोट लागेको छ।
दूर्घटनाग्रस्त दुबै मोटरसाइकल ईलाका प्रहरी कार्यालय निजगढको नियन्त्रणमा रहेको छ। तिब्र गतिका कारण दूर्घटना भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय