मंसिर ३०, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेटौंडास्थित मानव सेवा आश्रमको केन्द्रीय कार्यलय भवन उद्घाटन गरेका छन् ।
प्रधानमन्त्रीले शनिबार बिहान आश्रमको हेटौंडा–९ लामसुरेधापस्थित केन्द्रीय कार्यलयको भवन उद्घाटन गरेका हुन् । १२ करोड रुपैयाँ लागतमा आश्रमको भवन निर्माण भएको बताइएको छ । केही महिनाअघि मानवसेवा आश्रमले मेची महाकाली अभियान सञ्चालन गरी ३ सय २ जना सडक मानवको उद्दार गरेको थियो ।
२०६९ भदौ १३ मा स्थापित आश्रममा २५ जना बालबालिका, ९५ जना महिला र एक सय जना पुरुष गरी २२० जना आश्रित छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय