पुस १, काठमाडौं । आगामि माघ ११ गते राष्ट्रिय सभा चुनाव हुँदैछ । चुनावमा भाग लिन सबै दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन्। तर संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भने राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छैन । राष्ट्रिय सभा चुनावमा स्थानीय तहका प्रमुख र उपप्रमुख र प्रदेश सभा सदस्यहरुले मात्र मतदान गर्न पाउनेछन् ।
स्थानिय तह र प्रदेश सभामा रास्वपाका कुनै उम्मेद्धार छैनन्। २०७९ साल आषाढ १७ गते निर्वाचन आयोगमा दल दर्ता गरेको रास्वपाले मंसिर ४ गतेको निर्वाचनमा प्रतिनिधीसभा सदस्यका लागी मात्र उम्मेद्धार उठाएको थियो ।संसदमा उस्को २१ सदस्य छ।
निर्वाचन आयोगले दर्ता भएका १२ वटा दललाई भने आईतबार चुनाव चिह्न प्रदान गरेको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीले दल दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।
फागुन २० गते राष्ट्रिय सभाका २० जना सांसद बिदा हुँदैछन् । रिक्त हुने पदका लागि एक महिना अगावै माघ ११ गते चुनाव हुलागेको हो।
फागुन २० गते कार्यकाल सकिनेमा नेकपा एमालेका ८, नेपाली कांग्रेसका ४ माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जनता समाजवादी पार्टीका एक र राष्ट्रपतिद्वारा मनोनित दुई जना छन् ।



