पुस२,हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ३ का वडाअध्यक्ष ताराबाहादुर कार्की ५ लाख रुपैँया घुस रकमसिहत पक्राउ परेका छन्। कार्किलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले सेवाग्राहीसँग रकम लिँदालिँदै पक्राउ गरेको हो।
कार्किलाई सोमबार करीब साँढे १२ बजे जीतपुरस्थित एक होटलबाट सेवाग्राहीसँग ५ लाख रुपैँया घुस रकमसिहत रंगेहात पक्राउ गरीएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका सूचना अधिकारी गोबिन्दप्रसाद गौतमले जानकारी दिए ।
‘५ लाख रकम सहित पक्राउ गरेका छौँ, अहिले हाम्रो टोली फिल्डमै छ,मुचुल्का उठाउने काम भैरहेको छ ,सेवाग्राहीसँग के कामका लागी रकम लिईएको भन्ने बारे अनुसन्धान पछि नै थाहा हुन्छ।’ गौतमले भने ।

पक्राउ परेका वडाध्यक्ष कार्कीको तलासी लिँदै प्रहरी ।



