पुस १०,सिँगौल।बाराको निजगढ नगरपालिका वडा नं २ स्थित सिँगौलमा आयोजित वडास्तरीय नकाउट फुटबल प्रतियोगितामा ओझेल युवा क्लब,टाँगियावस्तिले विजयी शुरूवात गरेको छ।मंगलबार आयोजक टिम परिवर्तनशिल युवा क्लब `बि ´लाई २-०ले पराजित गर्दै टाँगियावस्तिले जित निकालेको हो।
टाँगियाका जर्सी नं १२ का खेलाडी विकास ठकुरीको २ गोलको मदतमा टिमले जित निकालेको हो।
ठकुरीले पहिलो हाफको पाँचौ मिनेटमै गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।त्यसपछि मध्यान्तरसम्म दुबै टिमले कुनै गोल गर्न सकेनन्।दोश्रो हाफको सातौँ मिनेटमा ठकुरीले पुन:अर्को गोल गर्दै टिमको जितलाई सुनिश्चित गराएका थिए।
प्रतियोगितामा `म्यान अफ द म्याच´ठकुरी नै घोषित भए।उनलाई आयोजक समितिका अध्यक्ष रामबहादुर थापा मगरले मेडल प्रदान गरे।

अर्को खेल पुस १३ गते बरमबाबा युवा क्लब,सिँगौल र जंगलशैया युवा क्लब,रौतहट बिच हुने आयोजकले जनाएको छ।
कुल १७ टिम सहभागी प्रतियोगिताको फाईनल खेल माघ १ गते हुने छ। प्रतियोगिता लोकप्रिय मैदानमा संचालन गरिएको छ।वडा कार्यालयको सहयोगमा संचालित प्रतियोगिताको विजयी टिमले नगद २५ हजार,ट्रफी तथा प्रमाणपत्र र उपविजेता टिमले नगद १५ हजार,ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।माघेसंक्रान्तीको अवसर पारेर प्रतियोगिता आयोजना गरिएको समितिका अध्यक्ष थापा मगरले जनाए।
उपप्रमुख थिङले गरिन उद्घाटन
निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङले प्रतियोगिताको उद्घाटन गरेकी थिईन्।उपप्रमुख थिङले रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको विधिवत उद्घाटन गरेकी हुन्।समुद्घाटन समारोहमा बोल्दै उपप्रमुख थिङले खेलकुदले शारीरिक र मानसिकरुपमै सकारात्मक उर्जा प्राप्त हुने धारणा व्यक्त गरिन्।


समुद्घाटन समारोहमा वडा नं २ का कार्यवाहक वडाध्यक्ष पुष्कल खड्का,१ का अध्यक्ष मंगले लोप्चन, कार्यपालिका सदस्य मानबहादुर डाँसेली,२का वडासदस्यहरु धनबहादुर थापा,राधिका राई,विष्णुमाया बिक,उपप्रमुखकी स्वकिय सचिव पेमा लामा,संचारकर्मी शान्त सापकोटा लगायतको आतिथ्यता थियो।


खेलकुद सामग्री वितरण
२ नम्बर वडा कार्यालयले आयोजक परिवर्तनशिल युवा क्लबलाई खेलकुद सामग्री वितरण गरेको छ।
कार्यालयले सोमबार सिँगौलस्थित लोकप्रिय खेलमैदानमा एक कार्यक्रमका बिच खेल सामग्री वितरण गरेको हो।
वडाले ८ थान फुटबल,१६ थान जर्सी,नेट,बुट,चेन्जिङ्गबोर्ड लगायत फुटबल खेलका लागि आवश्यक सामग्री प्रदान गरिएको कार्यवाहक अध्यक्ष खड्काले जानकारी दिए। खड्काले क्लबलाई ५० हजार रुपैयाँ बराबरको खेलसामग्री हस्तान्तरण गरेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय