पुस१३,निजगढ।बाराको निजगढ-९ मा अवस्थित सेवाशुभारम्भ साकोसले आफ्ना शेयर सदस्यको घरपरिवारमा सर्वोत्कृष्ट अंक ल्याई +२ उतिर्ण २ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ।जसका लागि यहि पुस १७ गते भित्र संस्थाको मुख्य कार्यालयमा आवेदन दर्ता आव्हान गरिएको छ। साकोसले विहिबार एक बिज्ञप्ति प्रकाशित गरि २०७९ सालको परिक्षामा सर्वोत्कृष्ट अंक ल्याई +२ उतिर्ण हुने सामुदायिक विद्यालय तर्फ १ र संस्थागत तर्फ १ जना छात्र/छात्रालाई छात्रवृत्ति दाबिका लागि आवेदन दर्ता आव्हान गरेको हो।
योग्य विद्यार्थीहरुलाई साधारणसभामा `सेवाशुभारम्भ छात्रवृत्ति ´विद्याबाट सम्मानित गरिने कार्यविधिमा व्यवस्था रहेको बिज्ञप्तिमा जनाईएको छ।


साकोस संचालक समितिका अध्यक्ष मणिश्वर घिमिरेले साधारणसभामा छात्रवृत्ति बापत नगद रकमले पुरस्कृत गरिने बताए।`यसपाली देखि कार्यविधिमा व्यवस्था गरेका हौँ,नगद रकम नै दिने छलफल भएको छ,कति दिने भन्ने बारे अब बस्ने बैठकबाट निर्णय गर्छौँं।´घिमिरेले भने।
बिज्ञप्तिमा आवेदनका साथै घरपरिवारको निवेदन,लब्धांक र शैक्षिक प्रमाणपत्रको प्रतिलिपी ,सदस्य तथा विद्यार्थीको पासपोर्ट साईजको १ प्रती फोटो,शेयर प्रमाणपत्र प्रतिलिपी तथा सदस्यको नागरिक्ताको प्रतिलिपी पनि आवश्यक पर्ने उल्लेख गरिएको छ।
संस्थाको १३औँ वार्षिक साधारणसभा यहि पुस २० गते निजगढस्थित एक पार्टी प्यालेसमा आयोजना हुँदैछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय